राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा

आर्थिक लाइभ
आर्थिक लाइभ १९ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने छन् ।उक्त योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ ।

बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्नेछ ।साथै थप जानकारी आवश्यक परेमा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्