हायर पर्चेज कर्जाको जोखिम भार घट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ ४ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । गत हप्ता मात्र चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले शुक्रवार मौद्रिक नीतिको समीक्षा जारी गरेको हो । मौद्रिक नीतिको समीक्षा गर्दै केन्द्रीय बैंकले यसअघि व्यवस्था गरिएको हायर पर्चेज कर्जाको १२५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा झार्ने निर्णय गरेको छ ।
यस्तै, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने जनाएको बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्