थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार, आठजनाविरुद्ध मुद्दा दायर

आर्थिक लाइभ
आर्थिक लाइभ २७ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा र सबइन्जिनियर माधवकुमार काफ्लेविरुद्ध १३ लाख ७४ हजार ९९१ रुपैयाँबराबरको बिगो दाबी गरेको छ ।

पलाता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, पलाता–८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम र वडा सचिव जानकीकुमारी शाहीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

मूलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिसुरा रोकायविरुद्ध पनि समान बिगो मागदाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array