आगामी आर्थिक वर्षमा राजस्व परिचालन प्रभावकारी बनाइने

आर्थिक लाइभ
आर्थिक लाइभ १४ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष राजस्व परिचालन प्रभावकारी बनाउने बताएको छ। आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त पेश गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारको खर्च व्यहोर्ने प्रमुख स्रोतको रुपमा रहेको राजस्व परिचालनलाई प्रभावकारी बनाइने बताएका हुन्।
व्यवसाय र लगानीमैत्री कर नीति लिइनेछ र कर प्रणाली पुनरवलोकन गर्न गठित समितिको सुझाव समेतका आधारमा कर प्रणालीमा सुधारका कार्यअघि उल्लेख बताए।
राजस्व प्रशासनमा आधुनिक प्रविधिको अधिकतम उपयोग गरी राजस्व प्रशासनको व्यवसायिकता अभिवृद्धि र करदाताको व्यवसायिक लागत घटाउने गरी कर प्रणाली सुधारका कार्य अघि बढाउने उल्लेख छ।
करको दायरामा नआएका नयाँ व्यवसायिक क्षेत्र लक्षित गरी बजार अनुगमन र कर परीक्षण प्रभावकारी बनाइनेछ। साथै कर चुहावट नियन्त्रणमा संस्थागत समन्वय सुदृढ प्राथमकिता र सिद्धान्तमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array