एसईई आजदेखि शुरु

आर्थिक लाइभ
आर्थिक लाइभ १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजे परीक्षाा सुरु भएकाे हाे।
आज पहिलाे दिन परीक्षार्थी अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा दिँदै छन्।

एसईईका लागि देशभर २ हजार ३६ र जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको कार्यालयले जानकारी दिएको छ।

चैत २९ गतेसम्म सञ्चालन हुने एसईई बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array