लमजुङ जाँदै गरेको माइक्रो बससँग ठोक्कियो, एक जनाको मृत्यु, १५ घाइते

आर्थिक लाइभ
आर्थिक लाइभ ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । लमजुङ बेसिशहर जाँदै गरेको माइक्रो (हाइस) धादिङमा बससँग ठोक्किएको छ । दुर्घटनमा एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका–२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्।

माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ती महिलाको सनाखत भएको छैन। उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। शव केन्द्रमै राखिएको छ। यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

Array