कागजको डुङ्गा बगाएको जस्तो होईन जीवनः करिष्मा मानन्धर

आर्थिक लाइभ
आर्थिक लाइभ ३ पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं । नायिका करिष्मा मानन्धरले आफ्नो छोरीको जन्मदिनको शुभकामना दिएकी छन् । छोरीलाई शुभकामना दिँदै उनले बलेसीको पानीमा कागजको डुङ्गा बगाएको जस्तो जीवन नभएको बताएकी छन् ।
हेर्नुहोस्

पुष को त्यो कनिष्ठ जाडो मा ।
कोहि नभएको अवस्था मा जन्मिएको तिमी ।
म तिमिलाइ जन्मदिनको शुभकामना दिन , अझै पनि हतारमा छु
तेसैले म भोलि को नसोची आजै भन्छु ।।
अब तिमी ठुली भयेउ ।
हामीले गरेका तयारीहरु तिमिलाइ बचकाना लाग्न सक्छन् !!
हामी पनि चाहान्छौ ।
अब आफ्नो र हाम्रो जिम्मा तिमी लिउ ।
प्रश्न सोध्नु छैन अब ।
हामिले लिनुपर्ने जिम्मा अब तिमिले लिनुपर्छ ।
जानी नजानी तिम्रो बाबा र मैले तिमिलाइ हुर्काउन , शिक्षा दीक्षा , संस्कार दिन गरेको त्यो प्रयास कत्तिको सफल भयो या भएन !
त्यो अब तिमी छुट्ट्याउन सक्छौ ।
तिमी यो शरीरको भाग हौ ।
तेसैले तिमिलाइ परिआएको हरेक घटनाले यो पनि दुख्छ ।
हरेक तिम्रो जिवनका घटनामा समावेश हुनु हाम्रो हस्तक्षेप होइन ।
यो स्वत निर्धारित छ ।
तिमी माथी हक दावी गर्नु भन्दा पनि
तिमी खुसी भएको हेर्ने रहर हो हाम्रो ।
हाम्रा धेरै कमजोरी हरु पत्ता लगाउन सक्षम छौ
अब तिमी !
आशा छ यो बाट धेरै सिक्ने छौ ।
तिमी आज जे जस्तो छौ !
त्यो हाम्रो देन हो ।
तेसको जिम्मा हामी लिन्छौ ।
अब तिमी ठुली भयेउ ।
आगडी तिमी र पछाडि हामी हुनुपर्छ ।
गाडिको स्टेरिङ्ग तिम्रो हातमा हुनुपर्छ ।
मायामा विस्वास गासियो भने मात्रै तेसले सम्पूर्णता पाउछ ।
तिमिलाइ हामी विस्वास गर्छौ ।
बाउ , आमाका लागि छोराछोरी जहिले पनि बच्चानै हुन्छन ।
हाम्रो धेय तिम्रो विचार र क्रियाकलापमा हस्तक्षेप गर्नु होइन !
हाम्रा नादान हस्तक्षेपलाई माया सोचिदिनु !
बलेसीको पानीमा कागजको डुङ्गा बगाएको जस्तो होईन जीवन !
आशा छ निरन्तर बग्ने हिम नदि झै बन्ने छौ ।
खुसी हुनु र खुसी भएको जस्तो देखाउनु दुई फरक पाटा हुन् ।
आशा छ तिमी यो बुझ्छौ ।
किनकि
अब तिमी ठुली भयेउ ।
जन्मदिनको शुभकामना छोरी ´कबु`
स्वस्थ र खुसी रहनु 💖

प्रतिक्रिया दिनुहोस्

Array