धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता

आर्थिक लाइभ
आर्थिक लाइभ १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त बीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच आज बिहान ९ बजे मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहने छ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने छन् ।

सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ । समितिको सदस्यहरुमा धौलागिरीबाट संचालक हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट संचालक रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहेका छन् ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array