लघुवित्तहरु नियामकीय पालनामा चुस्त भएपनि खराब कर्जा ३० अर्ब माथि

आर्थिक लाइभ
आर्थिक लाइभ ६ फाल्गुन २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्त संस्थाहरुको नियामकीय परिपालना सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकको गैर स्थलगत सुपरिवेक्षण अनुसार खराब कर्जा बढेको भएपनि नियामकीय परिपालनालाइ पूर्ण रुपमा अनुसरण गरेको देखिएको हो ।

चालु आर्थिक वर्षको पुससम्ममा तीन लघुवित्त वित्तीय संस्था केन्द्रीय बैंकको कारबाहीमा परेका छन । ती संस्था पहिल्यै देखि समस्यामा रहेका थिए । केन्द्रीय बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्छ । सो अवधिमा सुपर लघुवित्त वित्तीय संस्था र श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको पुँजीकोष ८ प्रतिशत भन्दा कम छ । दुबै संस्थालाइ केन्द्रीय बैंकले कारबाही गरेको जनाएको छ ।

२०८० पुस मसान्तसम्ममा ५७ वटा लघुवित्त सञचालनमा छन । ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु हुन । चालु आवको पुससम्ममा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ । त्यसैगरी केन्द्रीय बैंकको निर्देशन बमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको छ ।

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको सापटी रकममा ह्रास आएको केन्द्रीय बैंकले जनाएको छ । यस्ता लघुवित्त वित्तीय संस्थाहरुको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी रहेको छ । २०८० पुस मसान्तसम्ममा थोक लघुवित्त वित्तीय संस्थाहरूले ४८ अर्ब ३६ करोड वित्तीय स्रोत संकलन गरेका छन् । जुन २०८० असार मसान्तको तुलनामा ८.३१ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रयमासिक अवधिमा वित्तीय स्रोत संकलनमा ५.५७ प्रतिशतले वृद्वि भएको थियो ।

लघुवित्त वित्तीय संस्थाहरुले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ । २०८० पुस मसान्तसम्ममा वित्तीय स्रोत संकलन अघिल्लो त्रयमासको प्राथमिक पुँंजीको ४.६४ गुणा रहेको छ ।

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले बचत/निक्षेप र सापटी रकम बढाएका छन् । २०८० पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले बचत÷निक्षेप संकलन १ खर्ब ६७ अर्ब ६४ करोड र सापटी १ खर्ब ७५ अर्ब ८३ करोड गरी जम्मा ३ खर्ब ४३ अर्ब ४७ करोड वित्तीय स्रोत संकलन गरेका छन् । कुल वित्तीय स्रोत संकलन रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० को दोस्रोत्रयमासमा ०.३० प्रतिशतले घटेकोमा यस आर्थिक वर्षको दोस्रो त्रयमासमा भने ४.५३ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय स्रोत संकलन अघिल्लो त्रयमासको प्राथमिक पूँजीको ७.६६ गुणासम्म पुगेको छ। प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array