कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छुः अर्थमन्त्री

आर्थिक लाइभ
आर्थिक लाइभ २४ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन् । सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् । कार्यक्रममा महासंघ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवद्र्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताए । बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरु गर्ने सोचमा आफू रहेको उनको भनाइ थियो । बढीभन्दा बढी महिलालाई कसरी उद्यमी बनाउन सकिएला भन्नेबारे आफूलाई सुझाव दिन उनले आग्रह गरे ।

‘महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरुले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरु आफैं आत्मनिर्भर बन्छन् । छोरीहरु आर्थिक रुपले अघि आउँदा मात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ ।’ मन्त्री पुनले मुलुकको समग्र विकास र आर्थिक समुन्नतिका लागि महिला आर्थिक रुपले बलियो हुनुपर्ने अनिवार्य सतै रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

Array