सिटिजन्स बैंकका ग्राहकले भिवान्ता काठमाडौंमा आकर्षक छुट पाउने, यस्ता छन् शर्तहरू

आर्थिक लाइभ
आर्थिक लाइभ २४ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरूले भिवान्ता काठमाडौंमा आकर्षक छुट पाउनेभएका छन् ।

आफ्ना ग्राहकलाई छुट सेवा उपलब्ध गराउने बैंकले ललितपुरको झम्सीखेलमा अवस्थित काठमाडौं भिवान्तासँग सम्झौता गरेको छ ।

समझदारीपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले भिवान्ता काठमाडौंको सेवाहरुमा १५% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनाका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array