नेपाल आउँदै रोटरी इन्टरनेशनलकी अध्यक्ष जेन्निफर जोन्स

आर्थिक लाइभ
आर्थिक लाइभ १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी इन्टरनेशनलकी अध्यक्ष जेन्निफर जोन्स डिसेम्बर ४ तारिकमा नेपाल आउने भएकी छिन् ।
तीन दिनसम्म उनी नेपालमा बस्नेछिन् । नेपाल बसाईका क्रममा उनलाई रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानले सम्मान गर्नेछ भने द रोटरी फाउण्डेशनमा महत्वूर्ण योग्दान पुरयाउने रोटरियनहरुलाई उनले कदरपत्र प्रदान गर्नेछिन् । साथै उनले युवा समुदायलाई समाजसेवामा उत्प्रेरित गर्ने धेरै कार्य गरिसकेकी हुदा नेपालमा पनि उनले रोट्रयाक्ट र इन्ट्रयाक्टसँग पनि अन्तरक्रिया गर्नेछिन् ।
त्यसैगरि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरि रोटरी इन्टरनेशनलका बारेमा केहि कुरा गर्नेछिन् । त्यसैगरि नेपालको कर्पोरेट सेक्टरसँग पनि उनले अनौपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
साथै भक्तपुर तथा पाटनका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको अवलोकन भ्रमणको समेत कार्यक्रम रहेको जनाइएको छ । उनको नेपाल भ्रमणले नेपालमा रोटरी अभियानलाई अझ बढी सुदृढ तथा सबल बनाउने विश्वास आफुहरुले लिएको डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array