काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष भर तीब्र दबाव झेल्नु परेको नेपालको अर्थतन्त्र अहिले तुलनात्मक रुपमा सहज अवस्थामा सुधार हुँदै गएको बताएका छन् ।

आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अधिकारीले सो कुरा बताएका हुन् ।
चालु पूँजी कर्जा कार्यविधिको प्रावधानमा भइरहेको विरोधमा राष्ट्र बैंक खुला बहस गर्न तयार रहेको पनि बताए ।

पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको भन्दै उनले उक्त तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजेको बताए । अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको भन्दै अधिकारीले रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने बताए ।




प्रतिक्रिया दिनुहोस्