स्लोभानियाको जंगलमा नेपाली युवतीको निधन

आर्थिक लाइभ
आर्थिक लाइभ ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । स्लोभानियाको जंगलमा एक नेपाली युवतीको निधन भएको छ । क्रोएसियाबाट युरोपियन मुलुक पोर्चुगल छिर्ने क्रममा सिन्धुपाल्चोकस्थित इन्द्रावती–८ की सञ्जिता गोतामेको निधन भएको हो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाका अनुसार गोतमेको मंसिर ६ गते निधन भएको हो । उनी रोजगारीको सिलसिलामा क्रोएसिया गएको बुझिएको छ । उनको निधनपछि समितिले दुखद् घटना घटेको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धान्जली अर्पण गर्दै शवलाई नेपाल पठाउने तयारी थालेको छ । गोतामेको परिवारले शव नेपाल पठाइदिन आग्रह गरेपछि समितिले भियनास्थित राजदूतावासमार्फत आवश्यक तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array