कुमारी र एनसीसी बैंक समान हैसियतमा मर्ज हुने

आर्थिक लाइभ
आर्थिक लाइभ ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श लिमिटेड (एनसीसी) बैंकको स्वाप रेसियो सार्वजनिक गरेको छ । कुमारी बैंक र एनसीसी बैंक समान हैसियत अर्थात् १ः१ अनुपातमा मर्ज हुने गरी स्वाप रेसियो निर्धारण गरिएको हो ।

यद्यपी कुमारी बैंक र एनसीसी बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा कुमारी बैंकको १०० आउँदा एनसीसी बैंकको ९६.५९ स्वाप रेसियो आएको थियो ।

मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा डीडीए रिपोर्ट तयार पारिएको हो । डीडीए रिपोर्टमा फरक स्वाप रेसियो आएको भएपनि समान हैसियतमा मर्ज हुने सहमति भएको छ । अर्थात् कुमारी बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्