बन्यो सुनैसुनको होटल

आर्थिक लाइभ
आर्थिक लाइभ १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

एजेन्सी । भियतनामको राजधानी हनोईमा एक होटल सुनले बनेको छ । बाहिर संरचनामात्रै होइन, यो होटलको कोठाभित्र ट्वाइलेट सिट ऐनामा सुनको फ्रेमिङ छ ।
होटलमा रुम बुकिङ करीब ९ हजार रुपैयाँबाट शुरू भएको छ । डोल्स नामक यो होटल भियतनामको राजधानी हनोईको उत्तरमा अवस्थित छ ।
यस पाँचतारे होटलबाट सम्पूर्ण शहरको मनोरम दृश्य देख्न सकिन्छ । यस होटलमा रेष्टुरेन्ट, फिटनेस सेन्टर, बार, लाउन्ज र बिजनेस सेन्टर जस्ता अत्याधुनिक सुविधा रहेको डेलीस्टारको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array