यसकारण फेरि बढ्न थाल्यो तेलको भाउ

आर्थिक लाइभ
आर्थिक लाइभ ८ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार एकैदिन ४ प्रतिशतले कच्चा तेलकाउ भाउ उकालो लागेको थियो। योसँगै तेलको भाउ प्रतिब्यारल १०० डलर माथि उक्लिएको छ। तेलको भाउ बढ्नुको मुख्य कारण साउदी अरबको एउटा बयान रहेको छ। विश्वका प्रमुख तेल उत्पादक देशहरुमध्ये एक साउदीले ओपेक देशहरुले तेल उत्पादनमा कटौती गर्न सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array