श्रृजनशील लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति

आर्थिक लाइभ
आर्थिक लाइभ २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिडेटले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले श्रृजनशील लघुवित्तलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

सेबोनको अनुमतिसँगै अब यो लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री गर्नेछ। जुन चुक्तापुँजीको ३६ प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि श्रृजनशील लघुवित्तको चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। यो लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array