कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

आर्थिक लाइभ
आर्थिक लाइभ १३ कार्तिक २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान)लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ।

बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष रु. एक लाखको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरी सो रकम जम्मा गराउँदै आएको छ।

यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु हो। सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले सो कोषमा जम्मा भएको कुल रकम रु.७,३८,८११.९५ छात्रवृत्ति स्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्