काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको ‘लङ फर्म अडिट रिपोर्ट’ निर्देशिका संशोधन गरेको छ। हाल सञ्चालनमा रहेका बैंकहरूलाई जारी परिपत्र मार्फत एकीकृत निर्देशन संशोधन गर्दै लङ फर्म अडिट रिपोर्टको संरचना परिमार्जन गरिएको हो।

संशोधित निर्देशिका अनुसार, अब बैंकहरूले आफ्नो लेखापरीक्षण प्रतिवेदन पुरानो ढाँचामा नभई राष्ट्र बैंकले तोकेको नयाँ ढाँचामा तयार पार्नुपर्ने छ। नयाँ निर्देशिकामा बैंकहरूले आईटी तथा साइबर सुरक्षासम्बन्धी जोखिम, आन्तरिक नियन्त्रण प्रणालीका विभिन्न पक्ष—जसमा कम्प्लायन्स फंक्शन, राष्ट्र बैंकको अनुगमन प्रतिवेदन र डिजिटल बैंकिङसम्बन्धी अवस्था समेत आफ्नो लेखापरीक्षण प्रतिवेदनमा स्पष्ट रूपमा समावेश गर्नुपर्ने प्रावधान राखिएको छ।

राष्ट्र बैंकले यस निर्देशनमार्फत बैंकहरूको वित्तीय प्रणालीको पारदर्शिता र सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको बताएको छ।




प्रतिक्रिया दिनुहोस्