काठमाडौंमा ‘नाडा अटो शो २०२५’ सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

आर्थिक लाइभ
आर्थिक लाइभ ३ भाद्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि भदौ ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना गरिएको छ। १७औँ संस्करणको यो अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अनुसन्धान र नयाँ आविष्कारसँगै देशले प्रगतिको सहज उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीका अनुसार यस वर्षको अटो शो ‘गो फर मोर’ नारासहित आयोजना भएको हो। शोमा नवीनतम प्रविधि, ग्राहक सहभागिता र अटोमोबाइल क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्र एकै छानामुनी प्रस्तुत गरिएको छ।

आयोजकले जानकारी दिएका अनुसार, स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारखुट्टे रोबोट (यूनिट्री रोबट्स) र भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक (दीपल ईभिटोल युएभी) पनि प्रदर्शनीमा राखिएको छ।

यसका अतिरिक्त, १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यवसायीक सवारी साधन ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी ब्रान्ड पनि प्रदर्शनीमा राखिएका छन्। आयोजकहरूले यो अटो शो व्यवसाय, प्रविधि र ग्राहक अनुभवको अद्वितीय मञ्च भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्