काठमाडौं । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ। यससँगै नेपालबाट भारततर्फ कुल विद्युत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ।

यसअघि भारतले ८१०.९ मेगावाट विद्युत खरिदका लागि अनुमति दिएको थियो। बंगलादेशलाई निर्यात हुने ४० मेगावाट सहित नेपालको कुल विद्युत निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको छ।

अन्तिम स्वीकृति साउन २६ गतेबाट लागु हुँदै आगामी अक्टोबर ३१ सम्मका लागि हो। यो स्वीकृतिमा लिखु-२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन हुने विद्युत समावेश छ।
आर्थिक वर्ष ८१/८२ मा नेपालले भारतलाई विद्युत निर्यातबाट १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। प्राप्त थप स्वीकृति र आगामी दिनमा थप अनुमति पाउने अपेक्षाले यस वर्ष विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको छ।




प्रतिक्रिया दिनुहोस्