प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब हस्तान्तरण हुने

आर्थिक लाइभ
आर्थिक लाइभ २० जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट अनुदान हस्तान्तरण गर्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् । त्यस्तै, ७५३ स्थानीय तहले भने ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ ।

स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ जाने गरी विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्