बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो

आर्थिक लाइभ
आर्थिक लाइभ १६ जेष्ठ २०८२, बिहीबार
0 Min Read
Aa

काठमाडौं । सरकारले नयाँ बजेटमा कर्मचारीको तलब नबढाउने भएको छ। त्यसको साटो महँगी भत्ता भने ५ हजार पुर्‍याउने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका हुन्।

‘राष्ट्रसेवक कर्मचारीको सेवा सुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भएता पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षा अनुरुप तलब बृद्धि गर्न सम्भव भएन’, पौडेलले भने, ‘तथापि, सबै राष्ट्र सेवकहरूका लागि साउन १ गतेदेखि लागूहुनेगरी मंहगी भत्ता बृद्धि गरी मासिक रु पाँच हजार पुर्‍याएको छु।’

प्रतिक्रिया दिनुहोस्