यस्तो छ आर्थिक वर्ष २०८२/८३ को बजेट ? (पूर्णपाठ)

आर्थिक लाइभ
आर्थिक लाइभ १६ जेष्ठ २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं । सरकार आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याउने घोषणा गरेको छ। बिहीवार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेका हुन्।

गत वर्षको तुलनामा यो बजेट १ खर्ब ४ अर्ब रुपैयाँले बढी हो। प्रस्तुत बजेटमध्ये चालू खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

आर्जनका श्रोतबारे जानकारी दिँदै अर्थमन्त्री पौडेलले कुल बजेटमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वबाट, ५३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदानबाट र २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋणबाट जुटाइने बताए। बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण मार्फत बजेट घाटा पूर्ति गरिने छ।

सरकारले प्रस्तुत बजेटमार्फत समावेशी आर्थिक वृद्धि, उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जना जस्ता प्राथमिकतामा केन्द्रित नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्