काठमाडौं । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को नयाँ कार्य समितिका लागि भदौ १७ गते भाेली निर्वाचन हुँदैछ । निर्वाचनका लागि अध्यक्षमा पर्यटन व्यवसायी सागर पाण्डे र राजेन्दप्रसाद सापकोटाको उम्मेदवारी दर्ता गराइसकेका छन् । सापकोटालाई कांग्रेस र एमालेनिकट व्यवसायीको समर्थन छ । तर सापकोटाको राजनीतिक गुटविरुद्ध उत्रिँदै पाण्डेलाई विजयी गराउन व्यवसायहरुले जोड दिएका छन् ।

व्यवसायीहरुले टान राजनीति गर्ने अड्डा नभउको भन्दै दलहरुको गुटविरुद्ध सबै व्यबसायीलाई एक हुन अपील पनि गरेका छन् । सागर पाण्डेलाई जुझारु व्यावसायीको पनि साथ र समर्थन रहेको छ । पाण्डेले पर्यटन व्यवसायीको हक हितका लागि २२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् ।






प्रतिक्रिया दिनुहोस्