आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य

आर्थिक लाइभ
आर्थिक लाइभ २ जेष्ठ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ। राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षीय योजनाको विस्तृत विवरण सार्वजनिक गर्दै आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको घोषणा गरेको हो।

१६औं योजनामा लिइएको आर्थिक वृद्धिको लक्ष्यअनुसार अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गर्ने बजेटमा समावेश गर्नेछन्। सरकारले मंगलबार मात्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ।

चालू आर्थिक वर्षमा भने ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण केही समयअघि राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको थियो। आयोगका अनुसार आगामी ५ वर्षमा औसतमा ७.१ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको छ। जसअनुसार २०८२/८३मा ६.६ प्रतिशत, २०८३/८४मा ७.४ प्रतिशत, २०८४/८५मा ७.९ प्रतिशत र २०८५/८६मा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गरिनेछ।

प्रतिक्रिया दिनुहोस्