ललितानिवास प्रकरणमा १२ जना दोषी ठहर

आर्थिक लाइभ
आर्थिक लाइभ ३ फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवासमा सम्बन्धी मुद्दामा पूर्वमन्त्रीहरुले सफाई पाएका छन्। पूर्वमन्त्रीहरु मुछिएका यस मुद्दामा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीले सफाई पाएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातसहित, पूर्वसचिव, कर्मचारी, विचौलिया भ्रष्टाचारी ठहर भएका छन्। तर, नेताहरुले सफाई पाएका हुन्। विशेषका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले बिहिबार फैसला सुनाएको हो।

अख्तियारले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार र मन्त्री डम्मर श्रेष्ठ विरुद्ध जनही ९ करोड ६५ लाख ३६ हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो। त्यसैगरी तत्कालीन मन्त्री चन्द्रदेव जोशीविरुद्ध ७ करोड ८ लाख, ४८ हजार रुपैयाँ मागदाबी गरिएको मुद्दा हो।

प्रतिक्रिया दिनुहोस्