काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले गरेका सुधारका प्रयासले अर्थतन्त्र चलायमान हुँदै गएको दाबी गरेका छन्। माग बढ्न नसकेका कारण बजार अझै मन्दीको अवस्थामा रहेका बेला उनले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आर्थिक क्रियाकलाप बढ्दै गएको दाबी गरेका हुन्।

उनले दाबी गरेजस्तो बजारमा आर्थिक क्रियाकलाप भने बढेको छैन। जसका कारण सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। यो आर्थिक वर्ष आजको दिनसम्म ३ खर्ब ४२ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ। यो कुल लक्ष्यको २४ प्रतिशत मात्र हो।

मन्त्री महतले अर्थतन्त्रलाई थप चलायमान बनाउन आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरिने बताएका छन्। निजी क्षेत्रसँग समन्वय कायम गरी अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने उनको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्