काठमाडौं । बिहीबार मध्यराति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ भने दुई जना पक्राउ परेका छन्।
फ्लाई दुबईको जहाजबाट काठमाडौं आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए।
घले बिहीबार राति ११ बजेर ५६ मिनेट जाँदा फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए।





प्रतिक्रिया दिनुहोस्