काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको हो।

बैंकको सञ्चालक समितिको बैठकले ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि १ दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकले घोषणा गरेको लाभांश आउँदो वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले पारित गरेपश्चात लगानीकर्ताले पाउनेछन्। एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०८ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।




प्रतिक्रिया दिनुहोस्