आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट

आर्थिक लाइभ
आर्थिक लाइभ २६ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa
FLy First

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले”  एयरलाइन्स टिकट खरिद  गर्दा  प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

यस  अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद  गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ। यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्नु हुने सेवाग्राहीहरूलाई सिमित अबधि लागि मात्र हो।

प्रतिक्रिया दिनुहोस्