आइएमई पेमा शाइन रेसुङ्गाको मोबाईल बैंकिङबाट सिँधै क्यास लोड गर्न सकिने

आर्थिक लाइभ
आर्थिक लाइभ १७ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं ।  नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने सुविधा सुरु भएको छ ।

विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यकासाथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ ।

सो सम्झौताअन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।

‘आइएमई पे’ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्