२ करोड बढीको चालु पुँजी कर्जाको हकमा वार्षिक कारोबारको २५ प्रतिशतसम्म कर्जा

आर्थिक लाइभ
आर्थिक लाइभ ११ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ (प्रथम संशोधन) गरेको छ। राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ (प्रथम संशोधन) गरी २ करोड (उत्पादनमूलक उद्योगको हकमा ४ करोड) भन्दा बढी चालु पुँजी कर्जाको निर्धारणका लागि चालु पुँजी आवश्यकताको विश्लेषण गर्दा प्रमानेन्ट वर्किङ क्यापिटल र फल्कचुयटेड वर्किङ क्यापिटलको पहिचान गर्नुपर्ने व्यवस्था मिलाएको हो।

फल्कचुयटेड वर्किङ क्यापिटलको लागि वार्षिक अनुमानित कारोबार–बिक्रीको अधिकतम २५ प्रतिशतले हुने रकमभन्दा बढी नहुने गरी कर्जा स्वीकृती गर्नुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्