काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई डलर सटही सुविधा बढाएको छ । राष्ट्र बैंकले आजदेखि लागू हुने गरी १५ सय अमेरिकी डलरबाट बढाएर २५ सय अमेरिकी डलर पुर्याएको हो ।

यसअघि भारतबाहेक अन्य देशको भ्रमणमा जाँदा वर्षमा २ पटकसम्म प्रतिपटक १५ सय अमेरिकी डलर सटही सुविधा रहेकोमा अब भने २५ सय डलर सटही सुविधा पाइने भएको हो । राष्ट्र बैंकले गत आइतबार जारी गरेको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाउने घोषणा गरेको थियो । जुन व्यवस्था कार्यन्वयनका लागि आज निर्देशन जारी गरको हो । डलर सटही सुविधा १ वर्षमा २ पटकसम्म मात्र प्रदान गर्न सकिने छ ।





प्रतिक्रिया दिनुहोस्