बैंकहरुले आफै निर्धारण गरे ब्याजदर, कुनको कति ?(सूचीसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ असार २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं । वाणिज्य बैंकहरुले आफ्नो बैंकको अवस्था अनुसार साउन महिनाका लागि ब्याजदर तोकेका छन्। असार महिनासम्म नेपाल बैंकर्स संघले गरेको सहमति अनुसार ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले साउन महिनादेखि आफ्नै हिसाबले ब्याजदर तोकेका हुन्।
असार महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। जसअनुसार एमएबि बैंकले अन्य बैंकहरुभन्दा बढी ब्याज दिने भएको छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिने भएको छ।

यस दिन प्रकाशित सुचना अनुसार एमएबि बैंकले सर्वाधिक १०.९८ प्रतिशत ब्याज दिने भएको छ। बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। त्यसैगरी, बैंकले २ वर्षदेखि १० वर्ष अवधिको मुद्दती निक्षेपमा ९.७५ प्रतिशत, १ वर्षदेखि २ वर्ष अवधिको निक्षेपमा ९.५० प्रतिशत ब्याज दिने भएको छ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक, र कुमारी बैंकले १० प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन्। प्राइम कमर्सियल बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने भएको छ भने नबिल बैंकले २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिने भएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ८.९५ प्रतिशत ब्याज दिने भएको छ। बैंकले असार महिनामा नै ब्याजदर घटाएको थियो। अधिकांश बैंकहरुले ९.९९ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको बेला यस बैंकले भने अधिकतम ब्याजदर १ प्रतिशतविन्दु घटाएर ८.९९ प्रतिशतमा झरेको थियो।

मुद्दती     साधारण
एनएमबी १०.९८ ५=९८–७.९८
प्राइम १०.९३ ५.९३–७.९३
नबिल १०.४९ ५.९०–७.९०
कुमारी १०.०१ ५.४०–७.४०
ग्लोबल आइएमई ९.९९
लक्ष्मी सनराइज ९.९९ ५.४०–७.४०
नेपाल एसबिआई ९.९९ ६.४
हिमालयन ९.९९ ५.४०– ७.४०
सिटिजन्स ९.९९ ५.४०–७.४०
सानिमा ९.५२ ५.२०–७.२०
कृषि विकास ९.५१ ५.४०–८.००
एभरेष्ट ९.५ ४.७५–६.७५
प्रभु ९.५ ४.५०–७.५०
सिद्धार्थ ९.५ ५–७
माछापुच्छ्रे ४.८५–७.८५
राष्ट्रिय वाणिज्य ८.९९ ४.८६–६.६६
नेपाल बैंक ८.९९ ४.८६–६.६६
स्ट्याण्डर्ड चार्टर्ड ८.९५ ४.८५–६.४५

प्रतिक्रिया दिनुहोस्