ग्राहककै मोबाइलबाट कारोबार भएको देखियो, सिस्टममा समस्या छैनः माछापुच्छ्रे बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको आफ्नै मोबाइल बैंकिङबाट अन्यत्र ट्रान्सफर भएको पाइएको बैंकले जनाएको छ। बैंकले खाताबाट रकम हराएकोबारे स्पष्ट पार्दै आफ्नो सिस्टममा कुनै पनि समस्या नदेखिएको, ग्राहककै मोबाइलबाट कारोबार भएको देखिएको जनाएको हो।

बैंकले गरेको अनुसन्धानमा सबै रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरु तथा खल्ती वालेटमा ट्रान्सफर गरेको देखिएको जानकारी पनि बैंकले दिएको छ।

बैंकको सिस्टममा कुनै समस्या नभएको र बैंकबाट पठाइएका सबै एसएमएस, एक्टिभेसन कोड र ओटीपी ग्राहककै मोबाइलमा गएको देखिएकाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराइ वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुर्याइ उक्त कारोबार हुन नसक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्