ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने बाटो खुल्याे

आर्थिक लाइभ
आर्थिक लाइभ २९ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन नेपाल राष्ट्र बैंकले ऋणको भाका सार्ने नीति लिएको छ। उद्योगी व्यवसयाीहरुले अफ्ठ्यारो परेको गुनासो गरेपछि ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण गराउने मौद्रिक समीक्षामा बताएको हो।

राष्ट्र बैंकले शुक्रबार तेस्रो तैमासिक समीक्षा सार्वजनिक गरेको छ। उक्त समीक्षामाफर्त निश्चित क्षेत्रको सीमाविहीन पुनर्संरचनन तथा पुनर्तालिकीकरण हुने र बाँकी क्षेत्रको ५ करोडसम्म हुने केन्द्रीय बैंकले जनाएको छ।

मौद्रिक समीक्षामा भनिएको छ,‘अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना-पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ।’

प्रतिक्रिया दिनुहोस्