चैत महिनामा १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रियो

आर्थिक लाइभ
आर्थिक लाइभ २७ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं ।काठमाडौं- राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत चैत महिनामा मात्र करिब १ खर्ब ९ अर्ब विप्रेषण आप्रवाह भएको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उक्त कुरा उल्लेख छ।‘समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई रु ९०३ अर्ब ३९ करोड पुगेको छ।

अघिल्ले वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो,’ राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क चैत महिनाको हो। त्यसअघि फागुन मसान्तसम्ममा चालु आर्थिक वर्षमा ७ खर्ब ९४ अर्ब ३२ करोड विप्रषण आप्रवाह भएको थियो।

प्रतिक्रिया दिनुहोस्