अर्थ मन्त्रालयमै साढे ३२ अर्ब बेरूजु

आर्थिक लाइभ
आर्थिक लाइभ ३० चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष आव २०७८/७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७.६६ प्रतिशत देखिएको हो । त्यसो त अर्थ मन्त्रालय मातहतका निकायको लेखा परीक्षणको अंक समेत ठूलो छ । यस वर्ष अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्