काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सो स्रोतमा सहमति दिएको हो ।
स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रुपियाँ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिने मन्त्रालयको भनाइ छ । २ अर्ब ५० करोड रुपियाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिने मन्त्रालयले जनाएको छ । २ अर्ब ६० करोड रुपियाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ ।
रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपियाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपियाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मागअनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्