बैंक अकाउन्ट ह्याक गरी ठगी

आर्थिक लाइभ
आर्थिक लाइभ २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । बैंक अकाउन्ट ह्याक गरी अवैध रुपमा पैसा निकाल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका ८ जनामा १ जना भने भारतीय नागरिक रहेका छन् । प्रहरीका अनुसार भारतको बिहार प्रदेश सितामढी लजिल्ला मधुरापुर–७ हाल काठमाडौं चावहिल आएमईआ सञ्चालन गर्ने अवधेश कुमार, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, पर्साका नगेन्द्र साह कानु, रौतहतका रविना चौधरी, बाराका सन्तोष कुवँर, पर्साका राजु पटेल, साहिल परबेज र शिवशंकर राउत रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता दिपक भारतीले बताए ।
भारतीका अनुसार ललितपुर महानगरपालिका–१५ सातदोबाटोका हरिप्रसाद ढकालले आफू ठगिएको भन्दै उजुरी गरेका थिए । उनको एनआईसी एसिया बैंकको खाताबाट सञ्चालन गरेको मोबाइल बैंकिङ मंसिर २५ गते बेलुका ७ बजेदेखि २६ गते बिहान १ बजेसम्म ह्याक गरी विभिन्न व्यक्तिका नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्