काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेबाट हुने भएको छ। मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ। यी दुवै बैंकको गत मंसिर २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।

नेपाल राष्ट्र बैंकले गत पुस ६ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृत प्रदान गरेको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयले समेत एनसीसी बैंक गाभिने अन्तिम दिनसम्म कायम रहेका सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व गाभ्ने संस्था कुमारी बैंकले सकार्ने गरी मर्जर प्रक्रिया स्वीकृति प्रदान गरेको छ।

मर्जरपश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौ–२ टंगालमा रहनेछ।




प्रतिक्रिया दिनुहोस्