बजेट अनुशासन सुदृढ गर्न अर्थ मन्त्रालयले गठन गर्‍यो कार्यदल

आर्थिक लाइभ
आर्थिक लाइभ १५ श्रावण २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न आवश्यक कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। कार्यदलको संयोजकमा वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल रहेका छन्।

कार्यदलमा अर्थ मन्त्रालयको बजेट महाशाखाका उपसचिव, कानून तथा फैसला महाशाखाका उपसचिव र पूर्व सहसचिव समेत रहेका विषयविज्ञ निर्मलहरी अधिकारी सदस्य छन्। वित्तीय संघीयता महाशाखाका उपसचिव कार्यदलका सदस्य सचिव रहनेछन्।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको बुँदा नं. ३५९ र ३७१ अनुसार सार्वजनिक वित्तको प्रभावकारिता बढाउन र बजेट अनुशासन कायम गर्न कार्यदल गठन गरिएको हो।

बजेटमा विनियोजनको कुशलता, सार्वजनिक खर्चको उपलब्धी, संघीय सञ्चित कोष सन्तुलन, नगद प्रवाह व्यवस्थापन सुदृढीकरण, ऋणको उत्पादनशील उपयोग र दिगोपन सुनिश्चित गर्ने व्यवस्था उल्लेख छ। साथै, संघ, प्रदेश र स्थानीय तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने तथा संविधानको धारा ५९ अनुसार बजेट घाटा व्यवस्थापनसम्बन्धी कानुन निर्माण गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्