फेरिँदै अर्थतन्त्रको वित्तीय चित्र(पूर्णपाठ)

आर्थिक लाइभ
आर्थिक लाइभ २८ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपालको अर्थतन्त्र विस्तारै लय समाल्दै अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको अवधिको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ रिपोर्टअनुसार आर्थिक सूचकांकहरूमा सुधारको साथै विभिन्न चुनौतीहरूको सामना गर्दै देश अघि बढिरहेको देखिएको हो ।

असअनुसार चालु आर्थिक वर्षको बैशाख महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

चालु आवको असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । १० महिनाको अवधिमा २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ अर्ब ९९ अर्ब ८१ करोड अर्थात् ६.२ प्रतिशत र सरकारको आन्तरिक कर्जा २.१ प्रतिशतले बृद्धि भएको छ ।

वैशाखसम्ममा शोधनान्तर स्थिति करिव साढे चार खर्ब रुपैयाँले बचतमा रहेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ भने सरकारको खातमा तीन खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।

प्रतिक्रिया दिनुहोस्