सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने

आर्थिक लाइभ
आर्थिक लाइभ २७ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते सार्वजनिक हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले २०८१ जेठ १ गते संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको हो।

संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ को बजेट पेश हुने छ।

सरकार वैशाख २८ गते बजेट अधिवेशन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array