बैंकहरुको नाफा ९२ प्रतिशतसम्म घट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ ७ बैशाख २०८१, शुक्रबार
3 Min Read
Aa

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीनासम्मको अवधिमा समग्र वाणिज्य बैंकहरुको खुदनाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३१ लाख ५ हजारमा खुम्चिएको छ । गत आवको चैत मसान्तसम्मको अवधिमा बैंकहरुले ४७ करोड १ लाख ५३ हजार ७४ हजार थियो । यस अवधिसम्म बैंकहरुको नाफा न्यूनतम २ देखि ९२ प्रतिशतसम्म घटेको छ । सो अवधिमा नाफा बढाएका बैंकको पौने ६ देखि ९७ प्रतिशतसम्म वृद्धि भएको देखिएको हो ।
चालु आवको ६ महीना अवधिमा कृषि विकास बैंकको खुद नाफा सबैभन्दा धेरै ९७.२२ प्रतिशतले वृद्धि हुँदा दोस्रो धेरै वृद्धि गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ। सो बैकको नाफा २७.७० प्रतिशतले बढेको छ । यस्तै प्राइम कमर्सियलको १६.६६, सिद्धार्थ बैंक १३.०२, हिमालयन बैंक १२.०४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७.५२ र एरभेष्ट बैंकको खुद नाफा ५.७७ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै खुद नाफा घटेको नेपाल बैंकको ९२.६८ प्रतिशतले खुद नाफा घट्दा एनआईसी एशिया बैंकको ५२.३१, माछापुच्छ्रे बैंकको ३६.७३, नेपाल एसबिआई बैंकको ३५.४४, राष्ट्रिय वाणिज्य बैंकको ३३.६०, ग्लोबल आइएमई बैंकको २४.१३, कुमारी बैंकको १९.१२, एनएमबि बैंकको १६.४४, सानिमा बैंकको १५.९०, नबिल बैंक ८.७६, प्रभु बैंक ७.२७, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.२४ प्रतिशत र सिटिजन बैंक इन्टरनेशलको सबैभन्दा कम १.९९ प्रतिशतले खुद नाफा घटेको हो ।
चैत मसान्तसम्म कुन बैंकको नाफा कति ?

सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकमध्ये ९ ओटले २ अर्बभन्दा धेरै खुद नाफा आर्जन गर्दा २ ओटको नाफा १ अर्बभन्दा कम रहेको छ । बाँकी ९ ओटको नाफा एक अर्बभन्दा धेरै दुई अर्बभन्दा कम छ ।

नबिलः ४ अर्ब ६६ करोड ८० लाख
ग्लोबल आइएमईः ३ अर्ब ३० करोड ६५ लाख
नेपाल इन्भेष्टमेन्ट मेगाः ३ अर्ब २७ करोड ५२ लाख
प्राइम कमर्सियलः २ अर्ब ८७ करोड ८७ लाख
एभरेष्टः २ अर्ब ६० करोड ८४ लाख
स्ट्याण्डर्ड चार्टर्डः २ अर्ब ४४ करोड ७१ लाख
आरबिबिः २ अर्ब ३७ करोड ४८ लाख
एनएमबिः २ अर्ब २४ करोड १५ लाख
कृषि विकास २ अर्ब ५ करोड ३१ लाख
हिमालयनः १ अर्ब ९४ करोड ८१ लाख
एनआईसी एशियाः १ अर्ब ९१ करोड ४८ लाख
प्रभुः १ अर्ब ८१ करोड २४ लाख
सिद्धार्थः १ अर्ब ६८ करोड ४० लाख
लक्ष्मी सनराइजः १ अर्ब ६१ करोड ५९ लाख
सानिमाः १ अर्ब ४३ करोड ९४ लाख
सिटिजनः १ अर्ब २१ करोड १४ लाख
नेपाल एसबिआईः १ अर्ब १६ करोड ४१ लाख
कुमारीः १ अर्ब ५ करोड २७ करोड
माछापुच्छ्रेः ८५ करोड ५४ लाख
नेपाल बैंकः १३ करोड ५ लाख

प्रतिक्रिया दिनुहोस्

Array