काठमाडौं । अधिकांश वाणिज्य तथा विकास बैंकहरुले वैशाखका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरुले २०८१ वैशाखमा लागू हुने मुद्दति निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन्।

वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ६.७५ प्रतिशत, लक्ष्मी सनराइजले ७ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशत र सिद्धार्थ बैंकले ७.२५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्। चैतमा व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ७ प्रतिशत, लक्ष्मी सनराइजले ७.५ प्रतिशत, कुमारी बैंकले ७.५१ प्रतिशत र सिद्धार्थ बैंकले ७.५ प्रतिशत अधिकतम ब्याज दिका थिए।
यसैगरी वैशाखमा संस्थागत मुद्दति निक्षेपमा नेपाल बैंकले ४.७५ प्रतिशत, लक्ष्मी सनराइजले ६ प्रतिशत, कुमारी बैंकले ६.२६ प्रतिशत र सिद्धार्थ बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्। यसअघि चैतमा संस्थागत मुद्दति निक्षेपमा नेपाल बैंकले ६ प्रतिशत, लक्ष्मी सनराइजले ६.५ प्रतिशत, कुमारी बैंकले ६.५१ प्रतिशत र सिद्धार्थ बैंकले ६.५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्।

अहिलेसम्म प्राप्त सूचनाअनुसार वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ माछापुच्छ्रे बैंकले अधिकतम ७.२५ प्रतिशत, एभरेष्टले ७ प्रतिशत, एनआईसी एसियाले ७.७५ प्रतिशत, ग्लोबल आइएमईले ७ प्रतिशत, हिमालयन ७.५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ७ प्रतिशत उपलब्ध गराउनेछन्। वैशाखमा संस्थागत मुद्दति निक्षेपतर्फ माछापुच्छ्रे बैंकले अधिकतम ५.५० प्रतिशत, एभरेष्टले ६ प्रतिशत, एनआईसी एसियाले ६.७ प्रतिशत, ग्लोबल आइएमईले ६ प्रतिशत, हिमालयन ६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ५.२५ प्रतिशत उपलब्ध गराउनेछन्।
वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले ५.६६ प्रतिशत र सिटिजन्स बैंकले ७.२५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। यसअघि चैतमा कृषि विकास बैंकले ५.६६ प्रतिशत र सिटिजन्स बैंकले ७.१५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। वैशाखमा संस्थागततर्फ भने कृषि विकास बैंकले ४.५१ प्रतिशत र सिटिजन्सले ६.५ प्रतिशत अधिकतम ब्याजदर दिने भएका छन्।
| बैंक | चैतको ब्याजदर | बैशाखको ब्याजदर |
| कृषि विकास | ५.६६ | ५.६६ |
| एभरेष्ट | ६.५ | ७ |
| नेपाल | ७ | ६.७५ |
| लक्ष्मी सनराइज | ७.५ | ७ |
| माछापुच्छ्रे | ७.७५ | ७.२५ |
| एनआईसी एसिया | ८.५४८ | ७.७५ |
| प्रभु | ७.५ | ७ |
| स्टान्डर्ड चार्टर्ड | ७ | ७ |
| राष्ट्रिय वाणिज्य | ७ | ६.५५ |
| नबिल | ७.२५ | ७.२५ |
| ग्लोबल आईएमई | ७.६ | ७ |
| सिद्धार्थ | ७.५ | ७.२५ |
| प्राइम कमर्सियल | ७.२५ | ७.१० |
| कुमारी | ७.५१ | ७.११ |
| सानिमा | ७.२५ | ७.१० |
| हिमालयन | ७.५ | ७.५ |
| नेपाल एसबीआई | ७.०१ | ६.५३ |
| नेपाल इन्भेष्टमेन्ट | ७ | ७ |
| एनएमबी | ७ | ७.९७ |
| सिटिजन्स | ७.७५ | ७.५ |
| औसत | ७.२५ | ७.०६ |




प्रतिक्रिया दिनुहोस्