नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालनमा

आर्थिक लाइभ
आर्थिक लाइभ २९ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल २४सै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल २४सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए ।

उनले अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए । उनले दरबारमार्ग जस्तो ठमेलमा २४सै घण्टा व्यवसाय सञ्चालन गर्न सहज नभएको बताए । अध्यक्ष शर्माले स्थायी बसोवास गर्ने क्षेत्र र ठूलो क्षेत्र भएकाले व्यवस्थापन गर्न चुनौती रहेको जानकारी दिए । उनले स्वदेशी तथा विदेशी पर्यटकले २४सै घण्टा ठेमलमा घुम्न, बस्न, खान सक्ने अनुभुति गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array