काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ। भूमि सुधार तथा मालपोत कार्यालय, डिल्ली बजारले शुक्रबार व्यक्तिको नाममा नामसारी भएको जग्गा बदर गर्ने निर्णय गरेको हो।

उक्त निर्णयसँगै बाँसबारीको जग्गा सरकारीकरण भएको छ। मालपोत कार्यालयको उक्त निर्णयपछि व्यवसायी विनोद चौधरी र उनका भाई अरुण चौधरीको नाममा रहेको १० रोपनी जग्गा सरकारीकरण हुने छ ।

‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले पत्रकार सम्मेलनमा भने।
पत्रकार सम्मेलनमा २०४४ साल भदौ ५ गते ६ रोपनी र २०४४ मंसिर १८ गते पुनः ४ रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको समेत जानकारी दिइयो।




प्रतिक्रिया दिनुहोस्